३० बैशाख २०७६, काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही वर्षभित्र चीनबाट काठमाडौंमा रेल आईपुग्ने दावी गरेका छन् ।
राष्ट्रिय विभूति सीता (जानकी) जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
“चीनबाट रेल आउँने कुरा अब सपनाको कुरा रहेन ।” उनले भने ।
अध्यक्ष दाहालले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए ।