१३ औं दक्षिण एसियाली खेलकूद (साग)को लोगो र मस्कट सार्वजनिक



३० बैशाख २०७६, काठमाडौं

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनाराम श्रेष्ठको संयोजकत्वमा गठित लोगो तथा मस्कट छनोट समितिले बैशाख १८ गते मोरङका भोलानाथ पौडेलले बनाएको लागो तथा मस्कटलाई आधिकारिक लोगो बनाउने निर्णय गरेको छ । उक्त लोगो सोमबार युवातथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सार्वजनिक गरेका छन् ।

लोगो सार्वजनिक भएसँगै सागको काम अब युद्धस्तरमा शुरु भएको उद्घोष पनि गरे । कार्यक्रममा लागो छनोट समितिका संयोजक जीवनराम श्रेष्ठले यसकारण यो लागो छनोट गरिएको यसरी प्रष्ट पारे ।

श्रेष्ठ कै शव्दमा ‘विश्वव्यापी रुपमा परेवालाई हामीले विभिन्न तरिकाले प्रयोग गरेको पाइन्छ  आकृति फरक फरक बनाएर प्रयोग गरेको पाउँछौं । पंक्षीलाई नदोहोरिने अवस्था रहेन उनले भने, हामीसँग समय पनि अलि कम रह्यो । हामीले पाएको समयसिमा भित्र हामी पुनः सूचना गरेर जान सक्ने अवस्था थिएन् ।

वैशाख १८ गते अन्तिम निर्णय गर्नुपर्ने गरि हामीलाई कार्यादेश दिइएको थियो । त्यसैले हामीले प्राप्त मध्येबाट नै हामीले उत्कृष्ट लोगो र मस्कट छानेको बताए । लोगो बनाउनेलाई एक लाखरुपैयाँ पुरस्कार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्