३१ बैशाख २०७६, काठमाडौं
चर्चित फुटबल क्लब म्यानचेष्टर सिटीलाई एक सिजन खेलमा प्रतिबन्ध हुन सक्ने जनाईएको छ ।
न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टकाअनुसार सिटीले अनियमितता गरेको प्रमाणित भए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ ।
यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने बुझिएको छ ।
सिटीले प्रायोजन सम्झौता गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको थियो ।
बेल्जियमका पूर्व प्रधानमन्त्री तथा अनुशासन विभाग प्रमुख वेज लेटेर्मेले क्लबलाई कारवाही हुन सक्ने संकेत दिएका छन् ।
तर, सिटीले भने आफु अनियमितताबाट टाढा रहेको दावी गर्दै आएको छ ।
यूईएफएले प्रमाणित गरेको खण्डमा क्लबले एक सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन ।
यद्यपी उसले च्याम्पियन्स लिगमा भने सहभागिता जनाउने छ ।