बाइक दुर्घटनामा पर्दा पलको खुट्टामा चोट



३१ बैशाख २०७६, काठमाडौँ

चर्चित अभिनेता पल शाह यतिबेला चलचित्र विर विक्रम २ को प्रमोशनमा व्यस्त छन् । चलचित्र विर विक्रक २ यहि जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यसैबीच पलले चलचित्र विर विक्रम २ का आफ्ना केही अनुभव एक अन्तवार्तामा सेयर गरेका छन् ।

पल यो चलचित्रमा अन्तिम समयमा मात्र छनौट भएका थिए । आकाश श्रेष्ठलाई सुरुमा यो चलचित्रमा अनुबन्धित गरिएको थियो । तर आकाशले केही कारणबस चलचित्र छोडेपछि चलचित्रमा पल भित्रिएका थिए । यो चलचित्रको अधिकांश छायांकन मुस्ताङमा भएको हो । निकै चिसो भएकाले चलचित्रको छायांकनमा समेत असर परेको पलले बताए । त्यतिमात्र नभएर छायांकनको क्रममा पलको बाइक दुर्घटना समेत भएको थियो ।

पल बाइकबाट लड्दा उनको खुट्टामा चोट आएको थियो । तर उनले आफ्नो कामलाई भने छोडेनन् । पलले विर विक्रम २ मा आफ्नो बेष्ट फ्रेण्ड भेटाएको पनि बताए । उनी यो चलचित्रबाट नै अहिले नाजिर हुसेनसँग निकै नजिक छन् । चलचित्रमा नाजिर विक्रम र पल विरको भूमिकामा देखिएका छन् । चलचित्रमा नाजिर र पलका साथ बर्षा सिवाकोटी र बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्