अन्तत : सकियो दुई बर्षाको दुश्मनी, यसरी गरे एकअर्कासँग भेट (भिडियो)



३१ बैशाख २०७६, काठमाडौँ

केहीदिन देखि नायिका बर्षा राउत र बर्षा सिवाकोटीले  सिनेवृतमा ठूलो तहल्का मच्चाइरहेका छन् । पछिल्लो समयमा यी दुईलाई एकअर्काको दुश्मन भनिने गरिन्छ । यसैबिचमा बर्षा सिवाकोटीले बर्षा राउतको लागि निकै मन छुने स्टाटस केहीदिन अघि फेसबुकमा अपलोड गरेकी थिइन् र त्यहि स्टाटसमा बर्षा राउतले पनि निकै राम्रो कमेन्ट गरेकी थिइन् ।

अन्तत : यी दुईबीच झगडा भएको कुरालाई दुवैले गलत साबित गरिदिएका छन् । त्यतिमात्र नभएर यी दुई बर्षाले एकअर्कालाई भेटेर फोटो समेत खिच्न भ्याएकी छिन् । एक अन्तवार्तामा बर्षा सिवाकोटीले बर्षा राउतलाई भेटेर निकै खुसी लागेको पनि बताइन् । यी नायिकाबीच कुनै पनि प्रतिस्पर्धा र दुश्मनी नभएको कुरा यिनको लोभलाग्दो मित्रताले प्रष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्