मोरङमा भेटिए दुरुस्तै अशोक दर्जी देखिने बालक, गीत पनि उस्तै गाउँछन् (भिडियो)



३१ बैशाख २०७६, काठमाडौँ

अशोक दर्जी अहिलेका चर्चित बालगायक हुन् । उनी सामाजिक सञ्जालबाट परिचित भएका हुन् । अशोक सामान्य घरपरिवारका छोरी थिए । तर अहिले उनको स्टारडम लोभलाग्दो भएको छ । छोटो समयमा नै उनी सबैको मनमा बस्न सफल भएका छन् ।

अशोकलाई नचिन्ने अहिले सायदै कोही छैनन् होला । हालैमात्र मोरङ जिल्लाको एक ठाउँमा दुरुस्तै अशोक दर्जी देखिने एक बालक भेटिएका छन् । मोरङको लेटाङमा भेटिएका रुद्र दर्जी गरिब परिवारमा हुर्किएका हुन् । उनका बाबुको एउटा हात मेसिनले काटेको रहेछ भने अर्को हात पनि राम्रोसँग नचल्दो रहेछ । त्यसमाथि उनकी आमा शारिरीक रुपले कमजोर अस्वस्थ पनि रहिछिन् ।

रुद्र दर्जीको अनुहार मात्र नभएर आवाज पनि ठ्याक्कै अशोक दर्जीसँग मिल्छ । उनले पनि अशोकले झैँ मिठो गीत गाउँछन् । ती बालकको अवस्था निकै दर्दनाक रहेको छ । उनको घरमा खानको लागि अन्नको दाना छैन भने आमाको उपचार र औषधीको लागि पनि धेरै खर्च लाग्ने भएकाले अहिले रुद्रको परिवारमा निकै पिडामा रहेको छ । उनका बाबुले रुदैँ आफूलाई सहयोग गर्नको लागि सम्पूर्ण नेपालीलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्