‘असफलताले गर्दा डिप्रेशनमा थिए, झन प्रेमगीत प्रदिपको कारणले मात्र चल्यो भन्दा धेरै चित्त दुख्थ्यो’ : पूजा शर्मा



३१ बैशाख २०७६, काठमाडौँ

नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक व्यस्त र चर्चित नायिका हुन् । उनले चलचित्र क्षेत्रमा आएको धेरै समयपछि मात्र सफलता पाएकी हुन् । उनले चलचित्र मधुमास बाट नेपाली चलचित्र जगतमा पाइला चालेकी हुन् । तर त्यस चलचित्रमा नायक आर्यन सिग्देलसँगको उनको केमेष्ट्रिलाई दर्शकले त्यति रुचाएनन् ।

मधुमास पछि पूजाले अझै पनि र चंखे, शंखे, पंखे लगायतका चलचित्रमा काम गरिन् । तर उनलाई दर्शकले त्यति रुचाएनन् । उनको करियरको टर्निङ पोइन्ट चलचित्र प्रेम गीत बन्न गयो । चलचित्र प्रेम गीत मा उनको जोडी अहिलेका निकै चर्चित अभिनेता प्रदिप खड्कासँग बाधिएको थियो ।

यो चलचित्रबाट प्रदिप र पूजा दुवैले नसोचेको सफलता हात पारे । अझ नायक प्रदिप खड्काको लागि त यो चलचित्र वरदान नै साबित भयो । प्रेम गीत कै कारण आज प्रदिप दर्शकको मनमा बस्न सफल छन् ।

प्रेम गीत चलचित्रलाई दर्शकले निकै रुचाए । तर चलचित्र सफल हुनुको क्रेडिट नायिका पूजा शर्माले भने पाइनन् । सबैले चलचित्र प्रेम गीत नायक प्रदिप खड्काको कारण चलेको बताए । पूजाले त्यस समयमा आफूलाई निकै चित्त दुखेको पनि बताइन् ।

चलचित्रमा दुवै कलाकारले निकै मेहेनत गरेका थिए । तर सबै क्रेडिट प्रदिपले मात्र पाउँदा पूजाको मन दुखेको हो । उनले असफलताका कारण डिप्रेशनमा जान लागेको अवस्थामा चलचित्र प्रेम गीत बाट एउटा आश जागेको बताइन् । तर त्यस समयमा सबैले प्रदिपले गर्दा मात्र चलचित्र चल्यो भन्दा चाहिँ आफूलाई नराम्रो महशुस भएको पूजाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्