३१ बैशाख २०७६, काठमाडौं
किराँत राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा जितेन राई निर्विरोध निर्वाचित भएका छन् ।
खोटाङ दिक्तेलमा गत २६ बैशाखदेखि २८ सम्म चलेको किराँत राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनले राईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै सम्मेलनले उपाध्यक्षमा सोभित राई र सन्तोष राईलाई चयन गरेको छ । महासचिवमा रबिन राई, सचिवमा प्रबिना राई र दिपेन राईलाई चयन गरेको हो ।
त्यस्तै कोषाध्यक्षमा देब कुमार बाहिङ्ग राई र सह–कोषाध्यक्षमा प्रभा राई रहेका छन् ।
त्यस्तै सम्मेलनले विभागीय प्रमुखहरु पनि चयन गरेको छ । जसमा प्रचारप्रसार विभाग प्रमुखमा उदिम चलिङ्ग, शैक्षिक विभाग प्रमुखमा भिम दुमी राई, प्रमुख प्रशिक्षण विभागमा निराजन किराँती, प्रमुख भाषा ,धर्म, संस्कृति विभागमा समिप साङ्गपाङ्ग राई, अनुशासन प्रमुखमा डार्बिन राई, महिला विभाग प्रमुख सुशिला राईलाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै स्वयंसेवक विभाग प्रमुखमा संजय राई, अतिरिक्त्त क्रियाकलाप प्रमुखमा सिताराम राई, विदेश विभागमा सुमन राई रहेका छन् ।
संघको केन्द्रीय सदस्यहरुमा तिलक राई, ममता राई, विसा बिख्याती राई, इशाक् राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमाला राई , नबिन राई ,बसन्त राई, सजिना राई , हेम राज राई, श्याम्कला राई, इन्द्रहाङ्ग राई, रमेश राई चयन भएका छन् ।
‘पहिचान सहितको संघीय शिक्षा प्रणाली लागू गरौं, किराँत स्वयत्त राज्य निर्माणका लागि गाउँ नगर लागौं’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले आफ्नो जातिको मात्र नभई आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा अल्पसंख्यकहरु माथिको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विभेदको विरुद्ध सशक्त आवाज उठाउँदै आएको छ ।