चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा कर्मा र दयासँग उपासना हुने



३१ बैशाख २०७६, काठमाडौँ

चलचित्र कबड्डी निकै सफल भएको चलचित्र हो । चलचित्र कबड्डी लाई दर्शकले अत्याधिक रुचाएपछि कबड्डी को सिक्वेलको रुपमा कबड्डी कबड्डी को निर्माण भएको थियो । कबड्डी कबड्डी लाई दर्शकको राम्रो साथ मिल्यो र चलचित्र बक्सअफिसमा सफल साबित भयो ।

अब कबड्डी को तेस्रो सिरिजको रुपमा कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । हिजोमात्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कबड्डी को तेस्रो सिरिजको घोषणा गरिएको छ । चलचित्र कबड्डी को तेस्रो सिरिजमा दयाहाङ राई, कर्मा शाक्य र चलचित्र क्याप्टेन बाट नेपाली चलचित्र क्षेत्रमा आएकी नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने छन् ।

अन्तरजातिय विवाहको कथामा आधारित चलचित्रको छायांकन जेठ ५ बाट सुरु हुने भएको छ । नायिका उपासनाले आफूले हेरेको पहिलो चलचित्र नै कबड्डी भएकाले यसको तेस्रो सिरिजसँग जोडिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्