टावर संचालनमा आउदा सेवाग्राही हर्षित



३१ बैशाख २०७६, काठमाडौं

विगत केही वर्षदेखी निर्माण कार्य शुरु गरेर पनि संचालनमा आउन नसकेको नेपाल टेलिकमको टावर संचालनमा आउदा सिन्धुली जिल्लाका फिक्कलवासी सेवाग्राही हर्षित बनेका छन् ।

फिक्कल गाउँपालिका वडा नं ४ को पोटीमा विगत पाँच वर्षदेखि निर्माणकार्य शुरु गरेर संचालनमा आउन नसकेको एनटिसीको टावर गाउँपालिकाको पहलमा संचालनमा आएको फिक्कल गाउँपालिकाका प्रमुख धन बहादुर कार्की (घनश्याम) ले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

टावर संचालनमा आएपछि सिन्धुलीमा मात्र नभएर आसपासका जिल्ला ओखलढुंङ्गा, उदयपुर र रामेछाप लगायतका जनताले सेवा लिन सक्ने पालिका प्रमुख कार्कीले बताए ।

पालिका उपप्रमुख पार्वती सुनुवारले टावर संचालनमा नआउँदा कार्यलयमा समेत समयमै विभिन्न सूचना पाउनबाट बञ्चित भएको तर अहिले त्यस समस्याबाट मुक्त भएको बताईन् ।

उपप्रमुख सुनुवारले भनिन्, ”एनसेल प्रयोग गर्न बाध्य थियौं तर अहिले आफू मात्र नभएर पालिकावासीलाई समेत एनटिसीको सिम प्रयोग गर्न प्रोत्साहन गरेका छौं ।”

फिक्कल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष टेकबहादुर रजन मगरले एनटिसीको टावर संचालनमा नआउदा नेपाललाई नै घाटा भएको बताउँदै कर नतिर्ने एनसेल प्रति आपत्ति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्