अनमोलसँग विवाह गर्न चाहन्छिन् सुहाना



३१ बैशाख २०७६, काठमाडौँ

नायिका सुहना थापा चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र जगतमा आएकी हुन् । पहिलो चलचित्रबाट नै उनले नसोचेको  सफलता हासिल गरिन् । सुहानाको अभिनय र लुक्सको त सर्वत्र तारिफ भयो नै त्यतिमात्र नभएर उनको नम्र स्वभावलाई पनि दर्शकले निकै रुचाएका छन् ।

आजभोली सुहानाको नाम नायक अनमोल केसीसँग जोडिएर आउन थालेको छ । चलचित्र ए मेरो हजुर ३ मा अनमोल र सुहानाको केमेष्ट्रिलाई दर्शकले निकै रुचाएका कारण पनि सुहानाको नाम अनमोलसँग जोडिएर आएको हो । यसैबीच एक अन्तवार्तामा सुहानालाई कुन नायकसँग विवाह गर्न मन छ  भनेर प्रश्न गरिएको थियो । जहाँ सुहानाले अनमोलको नाम लिएकी छिन् । सुहानाले एक गेममा अनमोलसँग विवाह गर्न चाहेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्