१६ बर्षे छोरीलाई बल्ड क्यान्सर भएपछि छोरीलाई बचाइदिनु भन्दै रुदैँ आए बाबु मिडियामा (भिडियो)



३१ बैशाख २०७६, काठमाडौँ

फेरि एउटा दुखद घटना आएको छ । लमजुङमा बसोवास गर्दै आएका राम सिर्मल यतिबेला निकै ठूलो समस्यामा परेका छन् । उनकी १६ बर्षकी कलिलै उमेरकी छोरी यतिबेला हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन् । रामकी छोरी रेजिनालाई बल्ड क्यान्सर भएको डाक्टरहरुले पुष्टि गरिसकेका छन् ।

रेजिना कक्षा ११ मा पढ्दै थिइन् । अहिले उनको अवस्था निकै दयनीय रहेको छ । छोरीको उपचारको क्रममा रेजिनाका बुबाले धेरै पैसा खर्च गरिसकेका छन् । तर छोरीलाई बचाउन उनलाई अझै धेरै रकमको खाँचो छ । छोरीको उपचारको लागि यतिबेला राम रुदैँ मिडियामा आएका छन् । उनले आफ्नी श्रीमती धेरै बर्ष पहिले गुमाइसकेका रहेछन् । सहाराको नाममा एउटा छोरी थिइन् । आज छोरी पनि मृत्युको मुखमा पुग्दा यतिबेला रामको मन छियाछिया भएको छ ।

अरु केही विकल्प नभएपछि उनी अहिले सहयोगको अपेक्षा राख्दै मिडियामा आएका छन् । रामले केही ठाउँबाट केही रकम सहयोग आइरहेको तर छोरीको लागि अझै धेरै रकमको आवश्यकता परेकाले धेरै सहयोग गरिदिनु हुन उनले सबैलाइ हा जोडेर आग्रह गरेका छन् । छोरीको अवस्था सम्झेर राम निकै भावुक हुँदै रोएका समेत थिए । हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने पक्कै पनि हामीले सहयोग गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्