कुनै समयमा नम्रता श्रेष्ठको प्रेममा थिए नाजिर !



०१ जेठ २०७६, काठमाडौँ

नाजिर हुसेन अहिलेका सर्वाधिक चर्चित र व्यस्त नायक हुन् । यतिबेला भने उनी आफू अभिनीत चलचित्र विर विक्रम २ को प्रमोशनमा व्यस्त छन् । चलचित्र विर विक्रम २ यहि जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

नाजिरले चलचित्रको प्रमोशनकै क्रममा आफ्ना केही विगतका कुराहरु खोलेका छन् । कुनै समयमा नाजिर र नायिका नम्रता श्रेष्ठको अफेयरको चर्चा पनि नेपाली सिने वृतमा नचलेको होइन । उनीहरु चलचित्र गाँठो को समयमा केही नजिकिएका थिए । जसलाई दर्शक र मिडियाले प्रेमको नाम दिएका थिए ।

नाजिरले त्यस समय आफूलाई निकै हाँसो लागेको बताएका थिए । उनले आफ्नो बारेमा आएको फस्ट कट्रोभर्सि नै त्यही भएको समेत बताए । उनले आफू र नम्रता निकै मिल्ने साथी भएको समेत खुलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्