ग्रिजम्यान बार्सिलोनामा देखिँदै



०१ जेष्ठ २०७६, काठमाडौं

क्लब एट्लिको म्याड्रिडका फरवार्ड ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् ।

ग्रिजम्यानलले एट्लिको छाडेसँगै बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ ।

एट्लिकोले उक्त प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजम्यान १ जुलाईमा बार्सिलोना जानेछन् ।

क्लब छाड्ने पक्का भएसँगै ग्रिजम्यानले सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दै चोलो (सिनोमी) र अध्यक्ष गिललाई धन्यवाद दिदैँ क्लब छाड्ने आफ्नो निर्णय सही भएपनि आफुलाई अर्को क्लबमा ठूलो चूनौती रहेको कुरा उल्लेख गरेका छन् ।

“यो निर्णय पक्कै सहज छैन । मैले यहाँ ५ वर्ष बिताएँ । मेरा समर्थक र सबैलाई भन्यवाद । मैले यहाँ मेरो लागि पहिलो ट्रफी जितेको छु ।” उनले भनेका छन् ।

ग्रिजम्यानको क्लब छाड्ने प्रस्तावलाई यसपटक क्लबले रोकेन ।

उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

अध्यक्ष गिल र प्रशिक्षक सिमोनीले उनको उज्जल भविष्यको कामना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्