बलिउडमा हिट हुनको लागि अङ्ग प्रदर्शनको साहारा लिएका ५ अभिनेत्रीहरु (फोटो सहित)



०१ जेठ २०७६,काठमाडौँ

बलिउडमा केही अभिनेत्रीहरु यस्ता पनि छन् जसले बलिउडमा आफूलाई हिट साबित गर्नको लागि अङ्ग प्रदर्शनको साहारा लिएका छन् । बलिउडमा प्रवेश गरेसँगै आफ्ना बोल्ड र हट तस्बिरहरु सामाजिक सञ्जालमा हालेर चर्चामा आएका अभिनेत्रीहरुबारे चर्चा गरौँ ।

१.उर्वशी रौतेला

उर्वशी रौतेला निकै हट र बोल्ड नायिकाको रुपमा बलिउडमा परिचित छिन् । उनी आफ्नो अभिनयका कारण भन्दा पनि उनको बोल्ड लुक्सको कारण धेरै चर्चामा छिन् । उनले काम गरेका चलचित्र बलिउडमा त्यति सफल छैनन् तर उनका हट तस्बिरहरु भने सधैँ सामाजिक सञ्जालमा हिट हुन पुग्छन् ।

२.जरिन खान

जरिनकोे प्रवेश बलिउडमा राम्रो तरिकाले नै भएको थियो । उनले बलिउडमा प्रवेश सलमानसँग चलचित्र वीर बाट गरिन् । उनको अभिनयको पनि तारिफ नै भएको थियो । तर पछि उनले पनि बलिउडमा टिक्नको लागि अङ्ग प्रदर्शनको साहार लिइन् ।

३.इशा गुप्ता

इशा गुप्ता पनि बलिउडकी निकै बोल्ड नायिकाको रुपमा परिचित छिन् । उनका हट तस्बिरले सामाजिक सञ्जालमा धेरै चर्चा पाउने गर्छिन् । उनी कहिलेकाहि ट्रोल समेत बन्ने गरेकी छिन् । उनको अभिनयको पनि दर्शकले त्यति चर्चा नगरेपछि उनी बोल्ड फोटो प्रदर्शनमै सक्रिय छिन् ।

४.सन्नी लियोनी

सन्नी लियोनी पोर्नस्टार हुँदै चलचित्रमा आएकी हुन् । उनका पनि निकै बोल्ड र हट तस्बिरले सामाजिक सञ्जालमा निकै स्थान पाएको छ । उनी पनि अभिनयका कारण भन्दापनि आफ्नो बोल्ड लुक्सका कारण नै धेरै चर्चामा छिन् ।

५.अमिषा पटेल

अमिषा पटेल बलिउडकी अव्वल अभिनेत्रीको रुपमा साबित भएकी थिइन् । उनको चलचित्रहरु बक्सअफिसमा सफल पनि हुन्थे । तर पछि अभिनयबाट मात्र चिनिन नसकेपछि उनले पनि अङ्ग प्रदर्शनको साहार लिन पुगिन् ।

प्रतिक्रिया दिनुहोस्