०१ जेष्ठ २०७६, काठमाडौं
भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमण सकाएर प्रधानमन्त्री ओली आज नेपाल फर्कदैँ छन् ।
गत २६ बैशाखमा जम्बो टोलीसहित भियतनाम तथा कम्बोडियाको साताव्यापी भ्रमणमा निस्केका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्री ओलीसहितको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने बताईएको छ ।
५ दिन भियतनाममा रहेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका थिए ।
उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो ।
भियतनामको भ्रमणपछि प्रधानमन्त्री ओली सोमबार मध्याह्न कम्बोडियाको राजधानी फेनोम पुगेका थिए ।
प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी हुन सेनसँग द्विपक्षीय वार्ता गरेका थिए ।
प्रधानमन्त्रीले वार्ताअघि कम्बोडियाका स्वर्गीय राजा नोरोडोम सिहनौकसहित २ वटा स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
व्यापार सम्बन्धी २ सम्झौतासमेत भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीलै दुवै देशका प्रधानमन्त्रीलाई आफ्नो अनुकूल समयमा नेपाल भ्रमण गर्न निम्तो समेत दिएका छन् ।