‘मेरो चलचित्र असफल भएकै हो’ : एलिजा गौतम



०१ जेठ २०७६, काठमाडौँ

ऋषि धमला नेपालका चर्चित पत्रकार हुन् । त्यस्तै उनकी श्रीमती एलिजा गौतम नेपाली चलचित्र क्षेत्रमा नायिकाको रुपमा आइसकेकी छिन् । उनको पहिलो चलचित्र अनुराग गतबर्ष प्रदर्शनमा आएको थियो । तर विडम्बना चलचित्र बक्सअफिसमा नराम्रोसँग चिप्लियो ।

एलिजाले चलचित्र अनुराग बाट निकै ठूलो आश राखेकी थिइन् । तर त्यस अनुरुप उनले रिजल्ट भने पाइनन् । त्यसबेला उनका श्रीमान् ऋषि धमला निकै जंगिएका थिए । उनले हल वितरकलाई आरोप सम्म लगाएका थिए । तर अहिले एलिजाले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो चलचित्र असफल भएको स्वीकारेकी छिन् ।

उनले आफ्नो पहिलो प्रयास असफल भएपनि हार नमान्ने बताइन् । उनले अझै मेहेनत गरेर यो क्षेत्रमा आफू स्थापित हुन सम्म बताएकी छिन् । एलिजाको कुरा एकदमै ठिक छ । जे भएपनि चलचित्र असफल भएपछि उनले आफूले अझै धेरै मेहेनत गनुपर्ने कुरा भने बुझेकी रहिछन् ।

प्रतिक्रिया दिनुहोस्