कामिरिता २३ औं पटक सगरमाथाको चुचुरोमा



०१ जेष्ठ २०७६, काठमाडौं‍

कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

सोलखुम्बुको थामेमा जन्मिएका कामिरिताले आफ्नै किर्तिमानी आफैले तोडेका हुन् ।

यसभन्दा अगाडी पनि सर्वाधिक पटक सगरमाथा आरोहण गर्नेको नाममा उनकै नाम सुरक्षित थियो ।

शेर्पाले बुधबार विहान ७:५० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेर आफ्नो किर्तिमानीलाई सुधार गरेका हुन् ।

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्