यौन व्यवसाय गर्न पाउँनुपर्छः सावित्रा सुवेदी



०१ जेष्ठ २०७६, काठमाडौं

चर्चित महिलाअधिकारकर्मी सावित्रा सुवदीले यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने बताएकी छिन् ।

विशेषगरी नारीहरुको क्षेत्रमा कार्यरत सुवेदीले यौन व्यवसायलाई वैधानिकता दिँदा बलात्कार न्यूनीकरण हुने बताएकी हुन् ।

राजधानी लगायत अन्य ठाउँमा रहेका यौनधन्दा व्यवसायलाई वैधानिक दिनुपर्ने उनको भनाई छ ।

साथै केही समयपछि उनले रेडलाईट एरियाका पक्षमा अभियान चलाउँने बताएक छिन् ।

केही समय अगाडी माइतीघर मण्डलामा पेटिकोट लगाएर नारीका लागि लडेपछि चर्चामा आएकी उनले बलात्कारी तथा अपराधीलाई राजनीतिले संरक्षण गरेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्