‘सारेगमपा’ को उत्कृष्ट ९ मा पर्न सफल भए नेपालका छोरा आयुष र प्रितम



०१ जेठ २०७६, काठमाडौँ

नेपालका छोरा आयुष केसी र प्रितम आचार्यले यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा तहल्का मच्चाइरहेका छन् । अडिसनको चरणदेखि नैै यी बालकले जर्ज र जुरीको मन जित्दै आएका छन् । त्यतिमात्र नभएर आयुष र प्रितम सारेगमपा को टप ९ मा पर्न पनि सफल भएका छन् ।

आयुष र प्रितमले आफ्नो आवाजको जादु विश्वभर नै छरिरहेका छन् । आयुष र प्रितम सारेगमपा को टप ९ मा पुग्नुु सम्पूर्ण नेपालीको लागि नै खुसीको खबर हो । आयुष र प्रितमले नेपालको नाम सम्पूर्ण भारतभर पनि फैलाएका छन् । आयुष र प्रितमलाई आगामी दिनको लागि पनि धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्