०१ जेष्ठ २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले जनताका सुख, दुःख बुझेर अगाडी बढ्नुपर्ने बताएका छन् ।
युवा संघको २९ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।
पार्टीमा बोल्ने धेरै, विचार विश्लेषण गर्ने कम भएकोले जनअपेक्षा अनुसार चल्न नसकिएको उनको भनाई छ ।
“बोल्ने धेरै, सुन्ने कम गरेका छौं ।” नेता नेपालले भने, ‘हाम्रा दुईओटा आँखा छन्, दुईओटा कान छन्, तर मुख एउटा मात्रै छ, यो भनेको धेरै सुन्ने कम बोल्ने हो ।’
“ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाई होईन ।“ उनले थपे ।
जनताहरुको पीर तथा मर्कालाई बुझ्न सकेमात्र जनताहरुले आफुहरुलाई विश्वास गर्ने विचार पनि नेता नेपालले राखे ।