इन्ष्टाग्राममा ४ करोड फलोअर्स पुग्दा फुरुङ्ग प्रियंका



०१ जेठ २०७६, काठमाडौँ

प्रियंका चोपडा हलिउड र बलिउडकी नाम चलेकी नायिका हुन् । उनी विवाहपछि भने बलिउडमा भन्दापनि हलिउडमै व्यस्त देखिन थालेकी छिन् । प्रियंका चोपडा दर्शकमाझ निकै लोकप्रिय पनि छिन् । उनलाई सामाजिक सञ्जालमा धेरैले पछ्याउने गरेका छन् ।

प्रियंकालाई इन्ष्टाग्राममा फलो गर्नेको संख्या ४ करोड पुगेको छ । यसैको अवसरमा प्रियंकाले आफ्नो फ्यानहरुलाई धन्यवाद दिदैँ एउटा भिडियो इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् । ४ करोड फलोअर्स पुग्दा प्रियंका निकै नै खुसी देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्