०२ जेठ २०७६, काठमाडौं
सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । यो समाचार आजको आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।
‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’
हाल जिउँदा खसीबोका, राँगालगायत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन