आज चर्चित नायिका जसिता गुरुङको जन्मदिन, कति बर्षकी भइन् त उनी ?



०२ जेठ २०७६, काठमाडौँ

जसिता गुरुङ नेपालकी निकै चर्चित नायिका हुन् । उनी चलचित्र लिलिबिली बाट नेपाली चलचित्र जगतमा आएकी हुन् । पहिलो चलचित्रबाट नै उनले दर्शकको अथाह माया पाउन सफल भइन् ।

लिलिबिली को सफलतापछि नायिका जसिता गुरुङ चलचित्र लब स्टेशनमा देखिएकी थिइन् । चलचित्रले औषत कमाई गरे पनि उक्तम चलचित्रमा नायिका जसिता गुरुङको अभिनयको भने सर्वत्र प्रशंसा भएको थियो । आज तिनै जसिता गुरुङको जन्मदिन रहेको छ ।

नायिका जसिता गुरुङ पोखरामा जन्मपनि सानैदेखि लण्डनमा बस्दै आएकी छिन् । उनको पुरा परिवार नै लण्डनमा हुनुुहुन्छ । चलचित्र लब स्टेशन को प्रदर्शन सकेर अहिले नायिका जसिता गुरुङ पनि लण्डनमा नै छिन् ।

उनले छोटो समयमा नै दर्शकबाट धेरै माया पाएकी छिन् । त्यसैले आज उनको जन्मदिनमा उनलाई उनका फ्यान र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् । आजबाट नायिका जसिता गुरुङ २३ बर्षमा प्रवेश गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्