पल शाहको चलचित्र हेर्न नेपाल आइन् तेरिया मगर, चलचित्रले मन छोयो भन्दै भइन् भावुक (भिडियो)



०२ जेठ २०७६, काठमाडौँ

हिजोमात्र चलचित्र विर विक्रम २ को राजधानीमा प्रिमियर सम्पन्न भएको छ । चलचित्र विर विक्रम २ भोलिबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र विर विक्रम २ को प्रिमियरमा कलाकारको घुईचो नै लागेको थियो ।

त्यस्तै चलचित्र विर विक्रम २ हेर्नको लागि डान्सिङ क्वीन तेरिया मगर पनि पुगेकी थिइन् । तेरिया केहीदिन अघिमात्र नेपाल आएकी हुन् । उनले आफू चलचित्र हेर्न र घुम्नको लागि नेपाल आएको बताइन् । तेरियाले चलचित्र विर विक्रम २ को कथाले आफ्नो मन छोएको समेत बताइन् । उनले चलचित्र हेरेर आफू भावुक भएको पनि बताइन् ।

केहीसमय अघि तेरिया मगर चलचित्रमा देखिदैँ भन्ने समाचार आएको थियो । यस बिषयमा तेरियाले रमाइलो जवाफ दिएकी छिन् । उनले आफूले चलचित्र गर्दै भन्ने बारे आफैलाई थाहा नभएकाले यस्तो समाचार आउँदा हाँसो लागेको समेत बताइन् । तेरिया केहीदिनमै भारत फर्किनेछिन् ।

प्रतिक्रिया दिनुहोस्