चर्चित कमेडियन कपिल शर्मालाई लाग्यो ठूलो झट्का, यस्तो अवस्था आउँछ भनेर कल्पना समेत गरेका थिएनन्



०२ जेठ २०७६, काठमाडौँ

कपिल शर्मा भारतका चर्चित कमेडियन हुन् । अझ उनलाई किंग अफ कमेडी पनि भन्ने गरिन्छ । कपिलले सञ्चालन गर्दै आएको द कपिल शर्मा शो भारतको चर्चित कमेडी शो हो । उनले यसको पहिलो सिजन सम्पन्न गरेर दोस्रो सिजन सुरु गरेका हुन् । तर उनले पहिले जति सफलता अहिले पाइरहेका भने छैनन् ।

कपिल शर्मालाई अहिले निकै ठूलो झट्का लागेको छ । सधैँ पहिलो स्थानमा रहने कपिलको शो ले यसपटक तेस्रो स्थानसम्म पनि आफ्नो स्थान बनाउन सफल भएको छैन । अनलाइन टिआरपी का आधारमा कपिललको शो तेस्रो स्थानसम्म नआउँदा कपिल निराश पनि भएका छन् ।

उनले यस्तो अवस्था आउँछ भनेर कहिले कल्पना समेत गरेका थिएनन् । आखिर के कारणले कपिलले दर्शकको मन जित्न सकिरहेका छैनन् यसको खोजी कपिल स्वयमले गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्