‘विर विक्रम २’ को प्रिमियरमा देखियो बर्षाको बोल्ड अवतार (फोटो सहित)



०२ जेठ २०७६, काठमाडौँ

बर्षा सिवाकोटी पछिल्लो समयकी निकै चर्चित नायिका हुन् । यतिबेला भने उनी चलचित्र विर विक्रम २ को प्रमोशनमा व्यस्त छिन् । चलचित्र विर विक्रम २ भालि अर्थात जेठ ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

हिजोमात्र राजधानीमा निकै भव्य तरिकाले चलचित्र विर विक्रम २ को ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ । चलचित्र हेर्नको लागि कलाकारको निकै भीड लागेको थियो । विशेष प्रिमियरमा नायिका बर्षा सिवाकोटी आकर्षकको केन्द्र बनिन् । उनको सुन्दरताले सबैलाई लोभ्याएको थियो । बर्षा निकै नै राम्री भएर प्रिमियरमा पुगेकी थिइन् ।

उनको ड्रेसअप र मेकअप तारिफयोग्य नै थियो । सबैको ध्यान बर्षामा नै गएको थियो । त्यतिमात्र नभएर बर्षाको अभिनयको पनि सबैले निकै तारिफ गरेका छन् । चलचित्र हेरेको अधिकांश कलाकारले चलचित्रलाई लिएर सकरात्मक प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्