चर्चित जोडी रणवीर र दिपिका चलचित्र ‘८३’ मा श्रीमान् श्रीमतीको भूमिकामा देखिदैँ



०२ जेठ २०७६, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण बलिउडका चर्चित जोडी हुन् । यी दुईले एकसाथ ४ चलचित्रमा काम गरिसकेका छन् । तर कुनैपनि चलचित्रमा यी दुईको मिलन भने हुन पाएको छैन । हरेक चलचित्रको इन्डिङमा यी दुई विछडिएका नै हुन्छन् । यी दुईले गतबर्ष नोभेम्बरमा विवाह गरेका थिए ।

विवाहपछि यी दुईले कुनै चलचित्रमा सँगै काम गरेका थिएनन् । अब भने यी दुई फेरि पर्दामा एकसाथ देखिने भएका छन् । चलचित्र ८३ मा यी दुई श्रीमान् र श्रीमतीको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको इन्डमा भने रणवीर र दिपिकाको मिलन भएको देखाइने छ । चलचित्रको लागि रणवीर र दिपिका निकै उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्