‘अहिले नै चलचित्र खेल्ने कुनै योजना बनाएकी छैन’ : तेरिया मगर



०२ जेठ २०७६, काठमाडौँ

तेरिया मगर निकै चर्चित डान्सर हुन् । उनको चर्चा नेपालमा भन्दापनि भारतमा नै धेरै छ । तेरिया नेपालकी चेली हुन् । तर उनले भारतको २ वटा ठूला रियालिटी शो जितेर भारतमा पनि आफ्नो नाम स्थापित गरिसकेकी छिन् । तेरिया बसाबास पनि भारतमा नै गर्दै आएकी छिन् ।

हिजोभने चलचित्र विर विक्रम २ को ग्राण्ड प्रिमियरमा तेरिया कुमारी हलमा भेटिएकी थिइन् । कुनै समय तेरियाले पनि चलचित्र खेल्दै भन्ने समाचार आएको थियो । तर तेरिया त्यो कुरा झुटो भएको बताइन् । उनले उक्त खबरले आफूलाई पनि अचम्मित बनाएको बताइन् ।

तेरियाले अहिले नै चलचित्र क्षेत्रमा आउने आफ्नो कुनै योजना नभएको पनि स्पष्ट पारिन् । उनले आफू अहिले सिक्ने क्रममा नै भएकाले अलि पछि चलचित्रमा आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्