०२ जेठ २०७६, काठमाडौं
उदयीमान गायक अशोक प्यासी राई जसले नेपाली सांगीतिक जीवनमा नेपाली संगीत तथा गायनलाई माया गरेर आफ्नो सांगितिक जीवनलाई अगाडी बढाइरहेका छन् । हालसम्म चारवटा एल्वम बजारमा ल्याई सकेका उनी अर्को सांगीतिक कोशेली लिएर आउने क्रममा छन् ।
सुरुमा उनले पूर्वमा गाइने लोक जुहारी हाम्रो उदयपुर कटारी बोलको गीतमा आवाज दिएका थिए । हालसम्म उनका चार वटा एल्वम प्रकाशित छन । हुलाकमा चिठ्ठी, माया र पिरतीमा बोलको गीतहरु गाएका उनले गायिका सत्यकला राई, गायक तथा मोडल दुर्गेश थापा, नायिका सुष्मा कार्की संगीतकार बिनोद खम्वु जस्ता चर्चित कलाकारहरुसँग काम गरिसकेका छन् ।
उनको हुलाकमा चिठ्ठी गित चर्चा बटुल्दै गरको गित हो भने मोफसलमा विशेष गरि पूर्वी नेपालको विभिन्न भागहरुमा उनले गाएका गीतहरु मेलापात, घाँस दाउरा हाट बजारमा गुन्जिरहेका छन् । उनको परिभाषा भित्र संगीत भनको मनोरन्जनको महत्वपूर्ण विषय वस्तु हो जसले मानिसको मन मस्तिष्कलाई आनन्दित बनाउँछ । उनी भन्छन् संगीत बिनाको जीवन कसैको पनि हुन सक्दैन । उनका बुझाईमा संगीत हरेक मानिसको लागि अपरिहार्य छ ।
नेपाली सांगीतिक क्षेत्रलाई अझ माथी उठाउन नेपाली हुनको नाताले सवैले नेपाली गीत संगीतलाइ माया गर्नुपर्ने उनी बताउँछन् ।
कुराकानीमा आधारित अशोक प्यासी राइको जीवन र सांगीतिक करियर निर्माणका क्रममा उनको सङ्घर्ष तथा जीवन भोगाईका सन्दर्भमा गरिएको कुराकानीमा आधारित :
बाल्यकाल
अशोक प्यासी राईको जन्म माता रुपा माया राई र पिता ध्रुव सिंह राईको कोखबाट ओखलढुङ्गा जिल्लाको हिले पानीमा २०४५/०६/१२ गते भएको हो । उनले सानोमा कक्षा ५ सम्म नजिकैको स्कुलमा अध्ययन गरे । कक्षा ५ पढ्दै गर्दा उनको परिवार हिले पानीबाट उदयपुरको कटारी भन्ने स्थानमा बसाई सर्यो । कटारीको श्री उच्च मा.वी. लधाभिर सिन्धुली भन्ने स्कूलबाट उनले एसएलसी सम्मको अध्ययन पुरा गरे । उनकोे परिवार साामान्य खेती किसानी भएको कारणले गर्दा सानोमा आफ्नो पढ्ने काम देखी बाहेक आफ्नो आमालाई काममा सघाउँथे उनी । सानोमा उनी गीत संगीतमा असाध्यै रुचि राख्थे । गाउँमा मेलापात घाँस दाउरा गर्दा होस् या हाट बजार गर्दा उनी आफ्नो मन परेको गीतहरु गाएर सुनाउँथे । बाल्यकालमा उनका साथीहरु प्रशस्तै थिए उनले गाएका गीतहरुले उनलाई आफू पढ्ने स्कूलमा राम्रै परिचय दिएको थियो । सानो उमेरमा उनका साथी भाईले उनलाई गीत रेकर्ड गर्न सल्लाह दिन्थे । यसले उनलाई जीवनमा सांगीतिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको थियो । भविष्यमा उनले आफूलाई सांगीतिक क्षेत्र मार्फत केही गर्ने अठोट लिएका थिए ।
सांगीतिक यात्राको शुरुवात
मान्छेको जीवनमा प्रगति गर्नको लागि केही न केही कुराले पक्कै भुमिका खेलेको हुन्छ जुन कुराले प्रेरणा पनि दिन्छ जसको कारणबाट नै मानिसको जीवनमा महत्वपूर्ण सफलता हासिल हुन्छ । अशोक प्यासीको जीवनमा पनि यस्तै भयो । उनले आफ्नो पारिवारिक आर्थिक अवस्था राम्रो नभएका कारणले मलेसिया गए । आफ्नो सांगीतिक भोक मेटाउन आफूलाई विदेशमा गएर पसिना बेच्न विवश उनी मलेसिया बसेर तीन बर्षपछी नेपाल फर्किए । २०६७ सालमा पहिलो आकाशको तारा नामक एल्बम निकाले जुन उनको लागी यो नै जीवनको पहिलो खुशी थियो र विषाल सांगीतिक माहोलमा रम्ने एवम् संघर्ष गर्ने पहिलो खुट्किला थियो । काठमाडौं जो कोहीको लागि सजिलो बास्तवमै छैन । गीत रेकर्ड गर्नकै लागि उनले काठमाडौंमा गाडी चलाउन थाले । उक्त एल्वममा रहेको गीतमा चर्चित गायिका सत्यकला राई र देवी घर्ती मगरले साथ दिएका छन् । लोक गायन तथा लोक आधुनिक गित गाउने गाायकको रुपमा परिचय बनाई सकेका उनी सांगीतिक क्षेत्रमा जम्न सुरु गर्दै गरेका गायक हुन् ।
उनले गाएका गीतहरु
उनको पहिला एल्वमको नाम हो आकाशमा तारा गनेर उक्त एल्वममा २ वटा गीतहरु समेटिएका छन् । जसमा आकाशको तारा गनेर र उदयपुरको हाम्रो कटारी जुन गीत पूर्वमा गुन्जिने लोकलयमा आधारित छन् । जसमा, सत्यकला राई र देवी घर्ती मगरले साथ दिएका छन् भने उनको दोश्रो एल्वम यो जुनिमा तिम्रै हुन पाउ रहेको छ र यसमा दुई वटा गीतहरु समेटिएका छन् । यो जुनिमा तिम्रै हुन् पाउ, धर्तीबाटै सारी दिन्छु बोलमा गाईएका गीतहरु हुन् । तेस्रो एल्बम प्यासी भिडियो कलेक्सन र चौथाें एल्वम माफी रहेका छन् । माफी गीतमा गीतहरु माया र पिरतिमा रातो भाले लगायत छन् । उनले अन्य गीतहरुमा पनि आवाज दिएका छन् ।