आजबाट देशभरका हलमा चलचित्र ‘विर  विक्रम’ २ र ‘जात्रै जात्रा’, कसले मार्ला बाजी ?



०३ जेठ २०७६, काठमाडौँ

आज शुक्रबारबाट देशव्यापी रुपमा दुई प्रतिक्षित चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र जात्रै जात्रा र विर विक्रम २ हलमा आजबाट एकसाथ आएका छन् । दुई चलचित्रमा मल्टिस्टार रहेका छन् ।

चलचित्र जात्रै जात्रा चलचित्र जात्रा को सिक्वेल हो । चलचित्र जात्रा लाई दर्शकले निकै रुचाएका थिए । त्यसैले दर्शकले जात्रै जात्रा लाई पनि मन पराउने कुरामा चलचित्र टिम आशातित रहेको छ ।

त्यस्तै चलचित्र विर विक्रम २ पनि विर विक्रम हिट भएका कारण चल्नेमा चलचित्रका कलाकार आशातित रहेका छन् । यी दुवै चलचित्रको ट्रेलर र गीतले निकै राम्रो हाइप बढाइरहको छ । यी दुई चलचित्रमध्ये कसले बाजी मार्ने हुन् त्यो भने हेर्न बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्