चर्चित पत्रकार रवि लामिछाने र निकिता पौडेल शुक्रबार नगरकोटमा विवाह बन्धनमा बाधिदैँ



०३ जेठ २०७६, काठमाडौँ

रवि लामिछाने चर्चित पत्रकार हुन् । उनलाई धेरैले देशको नायक समेत भन्ने गरेका छन् । रवि निकै चर्चामा आइरहने पत्रकार हुन् । उनी कहिले आफ्नो कामका कारण त कहिले आफ्नो प्रेम र विवाहको कारण चर्चामा आउने गर्छन् ।

उनले केही समय अघि आफ्नी प्रेमिका निकिता पौडेलसँग अदालती रुपमा विवाह गरेका थिए । त्यससमय रविले हतारमा आफ्नो विवाह गरेका थिए । अहिले भने उनले रितिरिवाज सहित विवाह गर्ने भएका छन् । रविले निकितासँग शुक्रबार विवाह गर्दैछन् ।

रविले आफ्नो विवाह निकै गोप्य तरिकाले हुने बताएका छन् । उनले आफ्नो विवाहमा आफ्ना परिवार र आफन्तहरु मात्र बोलाउने बताएका छन् । उनको विवाहको पार्टी पनि गोप्य रुपमा हुने बताइएको छ । हाम्रो तर्फबाट पनि रविलाई वैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्