पलको फिल्म हेर्न हलमा पुगेकी पूजा किन पुरा फिल्म नहेरी निस्किइन् ?



०३ जेठ २०७६, काठमाडौँ

चलचित्र म यस्तो गीत गाउँछु पछि नायिका पूजा शर्मा र नायक पल शाहको सम्बन्ध विग्रिएको हल्ला नेपाली सिनेवृतमा चलिरहँदा अस्ति राजधानीको कुमारी हलमा सम्पन्न विर विक्रम २ को प्रिमियरमा नायिका पूजा शर्मा पुग्दा सबै अचम्ममा परेका छन् ।

पूजा चलचित्र हेर्नको लागि निकै हट बनेर पुगेकी थिइन् । तर उनले पुरा चलचित्र भने हेरिनन् । पूजा मध्यान्तर भएपछि नै हलबाट निस्किइन् । उनी अचानक निस्कदाँ धेरैले उनलाई चलचित्र मन नपरेको समेत बताएका थिए ।

पूजाले भने आफ्ना नजिकका साथीलाई आफ्नो व्यस्तताका कारण चलचित्र पुरा हेर्न नपाएको बताएकी छिन् । साथै उनले चलचित्र रिलिज पछि आफैँ हलमा गएर पुरा चलचित्र हेर्न वाचा समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्