पल शाह भन्छन्, ‘आँचल नै मेरो सबैभन्दा नजिकको साथी’



०३ जेठ २०७६, काठमाडौँ

पल शाह नेपालका निकै चर्चित अभिनेता हुन् । नेपाली चलचित्र क्षेत्रमा उनको फ्यान फलोइङ निकै लोभलाग्दो पनि छ । यतिबेला पल चलचित्र विर विक्रम २ मा व्यस्त छन् । विर विक्रम २ आजबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ ।

त्यस्तै विर विक्रम २ को प्रमोशनको क्रममा पलले आफ्ना केही पर्सनल कुराहरु पनि भनेका थिए । उनले आफू यो क्षेत्रमा सबैभन्दा नजिक नायिका आँचल शर्मासँग भएको बताए । उनले आँचलसँग आफ्नो कामको मात्र नभएर पारिवारीक सम्बन्ध पनि भएको बताए ।

त्यतिमात्र नभएर पलले आफ्नो जोडी सबैभन्दा राम्रो आँचलसँगै देखिने बताए । पल र आँचललाई प्रेमी प्रेमिकाको रुपमा दर्शकले हेर्दै आएका छन् । तर पलले आफूहरु बेष्ट फ्रेण्ड मात्र भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्