‘बोल माया’ पछि प्रकाश र अञ्जलीको अर्को धमाकेदार गीत रिलिज (भिडियो)



०३ जेठ २०७६, काठमाडौँ

प्रकाश सपूत लोकदोहोरी क्षेत्रका निकै लोकप्रिय गायक हुन् । अझ भन्नुपर्दा उनको लोकप्रियता बोल माया गीतबाट बढेको हो । बोल माया गीत रिलिज भन्दा अगाडी प्रकाशलाई त्यति धेरैले चिन्दैनथे । तर अहिले उनलाई नचिन्ने सायदै कोही छैनन् होला    ।

प्रकााश अहिलेका निकै व्यस्त कलाकार हुन् । त्यस्तै बोल माया गीतबाट अञ्जली अधिकारीको पनि करियरको पनि सुरुवात भएको भन्न सकिन्छ । किनकी बोल माया गीत आउनु अघि उनी पनि त्यति चर्चित थिइनन् । प्रकाश र अञ्जली अहिले लोकदोहोरी क्षेत्रमा रुचाइएका जोडी हुन् । यी दुईको नयाँ गीत भर्खरै रिलिज भएको छ ।

इश्वर पौडेलको शब्द र संगीत रहेको चरी बोलको गीतमा विष्णु पाण्डे र भूमिका गिरीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीलाई फिचर्ड गराइएको छ । गीतलाई गुरु आमाले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्