चर्चित नायिका पूजा शर्मा फिल्म क्षेत्र छोड्दै ! यस्तो छ कारण



०३ जेठ २०७६, काठमाडौँ

पूजा शर्मा पछिल्लो समयकी निकै चर्चित नायिका हुन् । अहिले उनको व्यस्तता निकै बढेको छ । त्यतिमात्र नभएर अहिले उनी निकै महंगो पारिश्रमिक लिने नायिकामध्येकी एक हुन् । तर अब पूजा शर्माले चलचित्र क्षेत्र छाड्ने भएकी छिन् ।

यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । हुन पनि पछिल्लो समयमा उनले दर्शकबाट यतिधेरै माया पाएकी छिन् की उनी चलचित्र क्षेत्रबाट टाढिन लागेको कुरा विश्वास नै गर्न सकिदैँन । पूजाले आफ्नो विवाहपछि चलचित्र क्षेत्र छोड्ने बताएकी छिन् ।

पूजाले विवाहपछि आफू एउटी असल बुहारी भएर बस्ने बताइन् । उनले चलचित्र क्षेत्र छोडेपनि चलचित्र हेर्न भने नछोड्ने बताएकी छिन् । पूजाले फिल्मी यात्रा छोड्दा उनका फ्यानहरुलाई पक्कै पनि नराम्रो लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्