०३ जेष्ठ २०७६, काठमाडौं
गण्डकी प्रदेश सरकारले प्रहरीलाई मोटरसाईकल खरिद गरिदिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाईकल किनिदिने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयले मोटरसाईकल किन्न ९२ लाख बराबरको रकम छुट्याएको छ ।
“गाउँमा अत्यावाश्यक पर्दा हिँडेर सेवा दिनुपर्ने अवस्था छ, सकेसम्म गाडी नै दिनुपर्ने हो । तर, अहिले त्यो सम्भव छैन त्यसैले मोटरसाईकल दिन लागिएको हो ।” मन्त्री बस्नेतको भने ।
सरकारले अफसेट प्रेस खोल्नका लागि विनियोजन गरेको रकम रकमान्तर गरेर प्रहरीका लागि मोटरसाईकल किन्ने निर्णय गरेको बताईएको छ ।