०३ जेष्ठ २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताएका छन ।
२६ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले एकीकृत पार्टी अर्थात नेकपाले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारे ।
प्रधानमन्त्रीले मदनको विचारमात्र अन्तिम नभएको पनि बताए ।
उनले मदनको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्ने बताए ।