०३ जेष्ठ २०७६, काठमाडौं
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रीतको हत्यारा खोजी प्रक्रिया अगाडी बढाईएको बताएका छन् ।
२६ औं मदन–आश्रीत स्मृति दिवसको अवसरमा आज विहान राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“जननेता मदन भण्डारी र जीवराज आश्रीतको हत्याबारे छानविन गर्न हामीले प्रक्रिया सुरु गरेका छौं ।” उनले भने, ‘अब हत्यारा छिट्टै पत्ता लाग्छ ।’
नेकपा एमालेका तत्कालीन महासविच भण्डारी र संगठन विभाग प्रमुख आश्रीतको ०५० साल जेष्ठ ०३ मा चितवनको दासढुङ्गामा हत्या भएको थियो ।