आज टंकसँग आफ्नो पहिलो जन्मदिन मनाउँदै अशोक, अशोकको कुरा सुनेर टंक भए भावुक (भिडियो)



०३ जेठ २०७६, काठमाडौँ

संगीतकार टंक बुढाथोकीले बाल गायक अशोक दर्जीलाई दर्शकमाझ परिचित गराएका हुन् । आज अशोक नेपालका चर्चित बाल गायक बनिसकेका छन् । त्यस्तै टंकका कारण अशोकको जीवनले नै अर्को रुप लिएको छ । आज तिनै अशोक दर्जीको जन्मदिन रहेको छ ।

आज अशोकको मात्र नभएर टंकको पनि जन्मदिन रहेको छ । अशोकले पहिलो  पटक टंकसँग आफ्नो जन्मदिन मनाइरहेका छन् । आजै टंकको नयाँ गीत पनि रिलिज भएको छ । अशोकको जन्मदिनमा टंक निकै भावुक भएका थिए । अशोकलाई देखेर उनको आँखाबाट आँशु नै आयो ।

टंकले अशोकलाई एउटा बाबु भएर हुर्काइरहेका छन् । अशोकले आफ्नो जीवनमा नै पहिलो पटक आफ्नो जन्मदिन मनाइरहेका थिए । त्यसैले पनि टंक धेरै भावुक भएका हुन् । हाम्रो तर्फबाट पनि अशोक र टंकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्