‘प्रेम दिवस’ को ट्रेलरमा छल्कियो प्रियंका र आयुष्मानको प्रेम (भिडियो)



०३ जेठ २०७६, काठमाडौँ

आयुष्मान देशराज जोशी र प्रियंका कार्की दुवै अहिलेका चलेका कलाकार हुन् । यी दुई आफ्नो कारणले भन्दापनि आफ्नो प्रेमका कारण चर्चामा आइरहेका हुन्छन् । प्रियंका र आयुष्मानले धेरै म्यूजिक भिडियो र केही चलचित्रमा एकसाथ काम गरिसकेका छन् ।

पछिल्लो समयमा यी दुईद्धारा अभिनीत चलचित्र प्रेम दिवस प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र प्रेम दिवस को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान र प्रियंकाको प्रेम र विछोडको कहानी देख्न सकिन्छ । चलचित्रमा प्रियंका दुई नायकको प्रेममा परेको  पनि देख्न सकिन्छ । चलचित्र प्रेम दिवस जेठ ३१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्