एनओसीका अध्यक्ष श्रेष्ठद्वारा चीनमा हुने व्याडमिण्टन प्रतियोगिताका खेलाडीहरुको बिदाई



०३ जेठ २०७६, काठमाडौं

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले चीनको नानिङ्ग शहरमा हुने व्याडमिण्टन प्रतियोगिता Total BWF Sudirman Cup 2019 मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई विदाई गरेका छन् ।

खेलाडीहरु रतनजीत तामाङ्ग, दिपेश धामी, नगसला तामाङ्ग र अमिता गिरी प्रशिक्षकमा उत्तम सिंम्खडा तथा अफिसियलमा अनुज बस्नेत रहेका छन् । उक्त प्रतियोगिता २०७६ जेष्ठ ५ देखि १२ गते सम्म चीनको नानिङ्ग शहरमा हुने भएको छ ।

विदाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यडमिण्टन खेलको लोकप्रियताको बारेमा जानकारी गराउँदै व्याडमिण्टन खेलले दर्शकमा उत्साह जागेको र चर्चामा रहेको जानकारी गराए । यस्तो प्रतियोगिताले आउने १३ औं साफको लागि समेत राम्रो नतिजा ल्याउन विश्वास ब्यक्त गरे ।

विदाई कार्यक्रममा नेपाल व्याडमिण्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ तथा सचिव लव श्रेष्ठको उपस्थिती रहेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्