भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात



०४ जेठ २०७६, काठमाडौं

सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो ।

देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको थियो । यो समाचार सीता शर्माले गोरखापत्रमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्