फेका कप बाँस्केटबलको आठौं सस्करण शुरु



०४ जेष्ठ २०७६, काठमाडौं

फेका कप बाँस्केटबलको आठौं सस्करण ओरियन्टल एकेडेमी जडिबुटीमा शुरु भएको छ ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले उक्त खेलको उद्घाटन गरेका थिए भने खेल आगामी बुधबार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेल कौत्सुभ एकडेमी र कोट देवी पब्लिक स्कूलबीचमा भएको थियो भने बिजयी शुरुवात कौत्सुभ एकेडेमीले गरेको छ ।

हाल सम्म सात खेल सम्पन्न भएका छन् । फेकाले आयोजना गरेको उक्त खेलको संयोजक ओरियन्टल एकेडेमी जडिबुटीले गरेको छ ।

परिवर्तन खवरसँग कुरा गर्दै उक्त बिद्यालयका प्रीन्सिपल तथा प्याब्सन काठमाडौं सह–सचिव अशोक दाहालले फेकाले बिद्यार्थीको प्रतिभाको विकासका लागि काम गरिरहेको बताए ।

विद्यार्थीको सर्वाङगीण बिकासका लागि विद्यार्थीबीचमा हुने प्रतिस्पर्धाले भूमिका खेल्ने र यस्ता खेलकूदहरुले विद्यार्थीको मानसिक र शारिरिक विकास हने उनले बताए ।

फेका अध्यक्ष नवराज भट्टले फेकाले यस्ता खेलकूदमार्फत राष्ट्रका लागि खेलाडी दिईरहेको बताउँदै आगमी दिनमा अझ प्रभावकारी कार्यक्रमहरु संचालन गरिने बताए ।


उनले भने, “हामीले अहिलेसम्म राष्ट्रियस्तरमा विभिन्न खेलाडी दिईरहेका छौं, यसले नेपाली खेलकूद क्षेत्रलाई ठूलो योगदान पुर्याउने छ ।”

प्रतिक्रिया दिनुहोस्