०४ जेष्ठ २०७६, काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भोली आईतबार बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुङ्ग्याउने बताएका छन् ।
सिन्धुलीको सुनपानी गाउँपालिकाकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“लगभग सबै काम भईसकेको छ । हामी भोली सचिवालय बैठक बस्दैछौं, सकेसम्म भोली बेलुकासम्म कार्यविभाजन लगायत विशेष कमिटी बनाउने, केन्द्रीय निकायहरु, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा समिति जस्ता विषयहरु टुंग्याउनेतिर छौं ।” उनले दावी गरे ।
उनले भदौबाट जिल्ला अधिवेशनतिर जानुपर्छ भन्ने मोटामोटी सोचाईमा रहेको पनि बताए ।
‘सेड्यूल फाईनल भईसकेको छ ।’ उनले भने । ‘भदौदेखि मंसिर सम्ममा जिल्ला कमिटीको अधिवेशन सक्न पाइयो भने त्यसपछि महाधिवेशनतिर केन्द्रीत हुने र पार्टी पुरै सेटल हुने र एकीकृत रुपमा अघि बढ्ने किसिमले हामी सोच्दै छौं ।’
साथै उनले आफुहरु सफल हुने पनि बताए ।