चर्चित डान्सर सुजन मार्पा तामाङ र स्वस्तिमा खड्काको नयाँ गीत रिलिज (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

स्वस्तिमा खड्का अहिलेकी निकै चर्चित र व्यस्त नायिका हुन् । उनको व्यस्तता चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै छ । स्वस्तिमाको नयाँ म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।

स्वेता मैनालीको शब्द रहेको एक चुम्बन बोलको गीतमा संगीत र आवाज शिव परियारको रहेको छ । गीतको भिडियोमा स्वस्तिमासँगै नेपालका चर्चित डान्सर सुजन मार्पा तामाङ फिचर्ड छन् । निकै रमाइलो शैलीको गीतलाई सुजन आफैँले कोरियोग्राफी गरेका हुन् । गीतमा सुजन र स्वस्तिमाको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्