चलचित्र ‘विर विक्रम २’ हेरेपछि पल शाहलाई रुदैँ फ्यानले दिए यस्तो उपहार (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा चलचित्र जात्रै जात्रा र विर विक्रम २ प्रदर्शन भैरहेका छन् । दुवै चलचित्रले आ–आफ्नो ठाउँमा राम्रो कमाई गरिरहेका पनि छन् । हिजो शनिबार चावहिलस्थित गोपी कृष्ण हलमा चलचित्र विर विक्रम २ र जात्रै जात्रा हेर्नको लागि दर्शकको थामी नसक्नु भिड थियो ।

दर्शकको प्रतिक्रिया बुझ्नको लागि हलमा चलचित्र विर विक्रम २ युनिट पुगेको थियो । हलमा पल, नाजिर र बर्षाको क्रेज निकै लोभलाग्दो देखिएको थियो । अझ युवापुस्तामा पल शाहको फ्यान धेरै भएका कारण हलमा दर्शकले पलको लागि धेरै हुटिङ गरिरहेका थिए । त्यतिमात्र नभएर पलका युवती फ्यानहरु त उनलाई देख्ने वित्तिकै अंगालो हालेर रुन समेत थालेका थिए ।

एक युवतीले पललाई रुदैँ एक उपहार पनि दिइन् । आफ्नो फ्यानले दिएको अथाह माया देखेर पल केही भावुक पनि भएका थिए । त्यसका साथै दर्शकले चलचित्र विर विक्रम २ लाई निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । लामो समयपछि पलले यो चलचित्र गरेका थिए । त्यसैले पनि दर्शकले चलचित्रलाई निकै रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्