विपिन र बर्षा हलमा पुग्दा दर्शकले यस्तो सम्म भनेर रोए, ‘जात्रै जात्रा’ ले बनायो यस्तो रेकर्ड (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र जात्रै जात्रा ले देशभर निकै राम्रो व्यापार गरिरहेका छ । चलचित्रले शुक्रबार पनि निकै राम्रो ओपनिङ गरेको थियो । शनिबार यो चलचित्रले देशभर नै हाउसफुलको व्यापार गरिरहेको छ ।

शनिबार दर्शकको प्रतिक्रिया बुझ्न चलचित्र जात्रै जात्रा को टिम चावहिलस्थित गोपीकृष्ण हलमा पुगेको थियो । गोपीकृष्ण हलमा पुग्दा दर्शकको प्रतिक्रिया देखेर चलचित्रका मुख्य कलाकार विपिन कार्की र बर्षा राउत आफै छक्क परेका थिए । चलचित्र जात्रै जात्रा हेर्नको लागि हलमा दर्शकको निकै भिड लागेको थियो ।

अधिकांश दर्शकले चलचित्र जात्रै जात्रा लाई निकै नै मन पराएका छन् । सबैले चलचित्रको कथावस्तु र कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् । अझ कतिपय दर्शक त चलचित्र हेरेर रुदैँ हलबाट बाहिर निस्केका थिए । नायिका बर्षा राउतको चलचित्रमा भूमिका छोटो भएपनि निकै दमदार रहेको दर्शकले बताए भने कत्तिले नायिका बर्षा राउतको अहिलेसम्मको उत्कृष्ट चलचित्र भएको समेत बताए । दर्शकको प्रतिक्रिया देखेर विपिन र बर्षा पनि निकै नै खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्