युवा ज्योतिष अर्जुन क्षेत्रीले गरे डरलाग्दो भविष्यवाणी, भन्छन् जेठमा ठूलो भूकम्प नगए ज्योतिष पेशा नै छोड्छु (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

अर्जुन क्षेत्री अहिलेका चर्चित युवा ज्योतिष हुन् । उनले बेला बेला डरलाग्दो भविष्यवाणी गरिरहेका हुन्छन् । अहिले फेरि उनले निकै डरलाग्दो भविष्यवाणी गरेका छन् । अर्जुनले केहीसमय अघि भएको ललितपुर काण्डको बारेमा समेत बोलेका छन् ।

अर्जुनले यहि जेठमा पश्चिम भेगमा ७ रेक्टर भन्दा बढीको भूकम्प जाने र तराईमा निकै ठूलो बतास चल्ने बताएका छन् । त्यतिमात्र नभएर उनले देशको राजनीतिक स्थितिको बारेमा पनि बोलेका छन् ।

अहिले प्रचण्ड एकतामा जुटिरहेको बेलामा उनले प्रचण्ड फेरि फुटेर अर्को नयाँ पार्टीमा जान्छन् भनेका छन् । अर्जुनले आफूले भनेका कुरा पुरा नभए आफ्नो पेशा सधैँको लागि त्याग्ने समेत बताएका छन् । अहिले उनको उक्त भिडियो युट्युबमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्