कट्रिनाको लागि सलमानले यस्तो सम्म गरे, फ्यानहरुलाई लाग्यो ठूलो झट्का



०५ जेठ २०७६, काठमाडौँ

सलमान खान र कट्रिना कैफ बलिउडका निकै चर्चित कलाकार हुन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । सलमान र कट्रिनाले धेरै चलचित्रमा एकसाथ काम गरिसकेका छन् । यतिबेला भने यी दुई चलचित्र भारत को प्रमोशन मा व्यस्त छन् ।

चलचित्र भारत मा सलमान र कट्रिना मुख्य भूमिकामा रहेका छन् । केहीदिन अघि चलचित्र भारत को नयाँ गीत सार्वजनिक गरिएको थियो । उक्त गीत रिलिज कार्यक्रममा कट्रिना साडी लगाएर पुगेकी थिइन् । कट्रिनाको साडी बिग्रिएको देखेपछि सलमानले बसेर कट्रिनाको साडी मिलाइदिएका थिए । जुन भिडियो अहिले युट्युबमा निकै हिट भैरहेको छ ।

कट्रिना सलमानकी पूर्व प्रेमिका हुन् । तर यी दुइले एकअर्कालाई केयर र माया गरेको देखेर यी दुईका फ्यानले फेरि सलमान र कट्रिनाको प्याच अप भएको हेर्ने इच्छा भएको समेत बताएका छन् । सलमान र कट्रिनाको जोडीलाई दर्शकले औधी रुचाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्